४ असोज, काठमाडौं । बाराको कलैया उपमहानगरपालिकाको पछिल्लो ताजा परिणाम सार्वजनिक भएको छ । पछिल्लो नतिजा अनुसार संघीय समाजवादी फोरमले आफ्नो अग्रता कायम राखेको छ ।

उसले १ हजा ६ सय ६४ मत प्राप्त गरेको छ । उसलाई पछ्याइरहेको नेकपा एमालेका उम्मेदवारले १ हजार ४ सय ९३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका काँग्रेसका उम्मेदवारको १ हजार १० मत रहेको छ ।

उपप्रमुखमा पनि संघीय समाजवादी फोरम १४ सय ९३ मतसहित अगाडि छ । एमालेका उम्मेदवारको १२ सय ४६ मत रहेको छ ।