हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा भगवान विष्णुको मानव अवतार श्रीकृष्णका १६,१०८ गोपिनी भएको उल्लेख गरिएको छ। श्रीकृष्णको भजन कीर्तनमा पनि उनको १६ हजार गोपिनीकै व्याख्या गरिन्छ। तर प्रश्न यो छ कि ‘कसरी भयो श्रीकृष्णका १६ हजार गोपिनी?’

वास्तवमा कृष्णका मूख्य ८ पत्नीहरू थिए, त्यसैले उनलाई ‘अष्टभार्य’ भनेर पनि भनिन्छ। विभिन्न ग्रन्थहरूले ती ८ पत्नीका नामहरू भिन्नाभिन्नै देखाएका छन्, तर श्रीमद्भागवतगीतामा ८ पत्नीहरूका नाम क्रमैसँग; रुकमिणी, सत्यभमा, जम्बावती, कलिन्दी, मित्रविन्दा, नग्नजिती, भद्रा र लक्ष्मणा उल्लेख गरिएको छ।Krishna With his 8 Wives

बाँकी १६,१०० गोपिनीको कथा

एक दानव थिए, ‘नरकासुर’। जसले ‘प्रगज्योतिश्य’ नामक शहर लुटेर त्यहिँ राज्य गरेर बसेका थिए। हाल यस शहरलाई ‘आसाम’ पनि भनिन्छ। उनले स्वयं ब्रह्मदेवबाट वरदान पनि पाएका थिए कि उनको मृत्यु केवल उनकै माता ‘भूमी देवी’ को हातबाट हुनेछ। वरदानबाट उन्मत्त भएर नरकासुरले जस्तोसुकै दुष्ट काम गर्न पनि पछि पर्दैनथे। उनलाई देवजाति र स्त्रीजाति फिटिक्कै मन पर्दैनथ्यो। विशेष गरी उनले स्त्रीलाई दासी र शारीरिक सम्भोगको लागि मात्रै प्रयोग गर्ने गर्थे।

आफ्नो शक्तिप्रतिको घमण्ड र अभिमानको लतमा लागेर, नरकासुरले इन्द्रदेवलाई हराई स्वर्गलोकबाट १६,१०० स्त्रीलाई हरण गरेर ल्याए। उनले यति धेरै स्त्रीहरूलाई हरण गर्नुको उदेश्य एउटै थियो- बलात्कार! साथै नरकासुरले अदिती (ब्रह्मपुत्री) को कानको झुम्का पनि चोरेर ल्याएका थिए। देव र देवलोकको यस्तो अपमान सहन नसकी इन्द्रदेवले नरकासुरलाई हराएर १६,१०० स्त्रीहरूको कल्याण गर्न श्रीकृष्णसँग आग्रह गरे।Krishna and Narakasur Fight Paintings

इन्द्रदेवको आग्रह स्वीकार गरी श्रीकृष्ण र उनकी पत्नी ‘सत्यभमा’ गरुढको सवार गरी प्रगज्योतिश्यतर्फ लागे। श्रीकृष्ण र नरकासुरको भयङ्कर युद्ध भयो। श्रीकृष्णको कुनै पनि शस्त्रअस्त्रले नरकासुरलाई कुनै असर गर्न सक्दैनथ्यो, किनभने नरकासुरलाई स्वयं ब्रह्मदेवको वरदानले रक्षा गरिरहेको थियो। श्रीकृष्णलाई थाहा थियो कि नरकासुरको वध केवल उनकै माता भूमीदेवीले मात्रै गर्न सक्छ। फेरि उनलाई यो पनि थाहा थियो कि उनकी पत्नी ‘सत्यभमा’ भूमीदेवीकै अवतार हुन्।

त्यसैले नरकासुरले प्रहार गरेको एक तीरले लागेपछि श्रीकृष्णले अचेत भएजस्तो स्वाङ पारे। आफ्ना सर्वश्रेष्ठ पतिको यस्तो हालत देखेर सत्यभमा क्रोधित भइन् र नरकासुरलाई अन्धाधुन्ध वाणको प्रहार गर्न थालिन्। तीमध्ये एक वाण नरकासुरको छातीमा रोप्पिन पुग्यो र नरकासुरको अन्त्य भयो।Krishna and Satyabhama Killing Narakasur

अब बाँकी थियो १६,१०० स्त्रीहरूको उद्धार गर्न! श्रीकृष्णले उनीहरूको उद्धार पनि गरे, तर जब श्रीकृष्णले उनीहरूलाई आफ्नो घर फर्किन भने, तब उनीहरू घर फर्किन मानेनन्। उनीहरूलाई थाहा थियो कि कसैले हरेर लगिसकेका स्त्रीहरूलाई समाजले स्वीकार्न मान्दैन। उनीहरूको अस्तित्वमा दाग लागिसकेको थियो।

त्यसपश्चात श्रीकृष्णले उनीहरूलाई भने- “त्यसो भए, म स्वयं श्रीकृष्ण तिमीहरू १६,१०० जनासँगै विवाह गर्नेछु, तर केवल समाजमा तिमीहरूको अस्तित्व फिर्ता गर्नको लागि मात्रै। हामीबीच त्यसबाहेक अरू कुनै सम्बन्ध बन्नेछैन, तर इतिहासको पाना मेरो नामसँगै तिमीहरूको नाम र सम्मा पनि जोडिनेछ। तिमीहरूको लागि यहि मेरो वरदान भयो।”

यसै घटनापश्चात नै श्रीकृष्णका १६ हजार १ सय ८ गोपिनी भएका थिए।Krishna and Gopinis

यो पनि हेर्नुहोस्-
कृष्णले अर्जुनलाई कर्णको वध गर्न किन बाध्य बनाए?
समुन्द्रमुनी द्वारका, कृष्ण बने आफ्नै वंशनाशको कारण
वरदान पाई कृष्णकै हातबाट एकलव्यको मृत्यु
कृष्ण कसरी पाण्डपको पक्षमा आए?
कृष्णको हत्या कसरी भयो, कृष्ण पश्चात पाण्डवको के भयो