विश्वका चर्चित हस्तिहरुको अनौठो जन्म

singer_kesha

गायिका केशा रोज सेबर्ट – अमेरिकी गायिका केशा रोज सेबर्ट जन्मिदा सानो पुच्छर लिएर जन्मिएकी थिइन् । उनले एक अन्तरवार्तामा यो कुरा बनाएकी थिइन् । पछि शल्यक्रिया गरी पुच्छरलाई निकालिएको थियो ।

hritik_roshan1

रितिक रोशन – बलिउडका रितिक रोशन आज ४३ बर्ष पुगे । धेरैलाई थाहा भएको कुरा हो रितिकको दाँया हातमा दुई वटा बुढी औँला छन् । उनी यसलाई लक्की मान्छन् । यस्तै विश्वका केही यस्ता हस्ति जो अनौठापनका साथ जन्मिएका थिए ।

karolina-kurkova

कारोलीना कुर्कोवा – चेकोस्लोभाकियाकी मोडल कारोलीना कुर्कोवा फेसन उद्योगकी सुन्दर मोडेलमा पर्छिन् । तर, उनको शरीरमा नाभि अर्थात् नाइटो छैन ।

kate-bosworth

केट बोसवरथ – अमेरिकी अभिनेत्री केट बोसवरथको आँखा दुई रंगको छ । उनको एउटा आँखा खैरो र अर्को निलो छ ।

elizabeth-taylor

एलिजाबेथ टेलर – चर्चित अभिनेत्री एलिजाबेथ टेलरको आँखामा डबल आँखीभौँ छ । यस कारण उनको आँखा सुन्दर देखिन्छ ।

megan-fox

मेगन फक्स – अभिनेत्री मेगन फक्सको दुवै हातको बुढो औला दबिएको छोटो छ ।

paris-hilton_

पेरिस हिल्टन – अमेरिकी टिभि पर्सनालिटी पेरिस हिल्टन आफ्नो लामो खुट्टाका कारण चिन्निछिन् । उनका अनुसार, उनको खुट्टाका लागि ११ नम्बरको जुत्ता मात्रै फिट हुन्छ। यसैकारण उनी हिल मात्रै लगाउने गर्छिन् ।

ophra_winfray

ओपरा विनफ्रे – अमेरिकी टिभि होस्ट तथा अभिनेत्र ओपरा विनफ्रेको बायाँ खुट्टामा ६ वटा औँला छन् । त्यस्तै, अर्की अमेरिकी अभिनेत्री हेले बेरीको पनि खुट्टामा ६ वटा औला छन् ।

यो पनि पढ्नुस्:
अनौठो तथ्यः साउदी अरवमा २० देखि ४० वर्षका २५ लाख महिला सिंगल
बलिउडका सबैभन्दा धनी १० हिरोइन, को सँग कति सम्पति छ ? (फोटो फिचर)
के बलिउडमा जम्दैछिन् यी नेपाली नायिका  !
बलिउडका यी ७ जोडी एक दोस्रोलाई देख्न सम्म चाहदैनन्