कुशल श्रेष्ठ

कहिल्यै पनि दुई व्यक्ति एकै हुन सक्दैनन्- हरेकको इच्छा, चाहना र आकाङ्क्षा फरक-फरक हुन्छ। मननपर्ने कुराहरू पनि व्यक्तिपिच्छे नै फरक हुन्छन्। तथापी, सबैजनाको एउटै इच्छा हुन्छ कि सबैले उसलाई मन पराओस् र सबैले उसको कदर गरोस्। तर, सोँचेजति कहाँ सजिलो छ र?

आफ्नो कुरा सबैले सुनोस्, मानोस् अनि आफूले जे भन्यो अरूले त्यहि गरोस् भन्ने चाहना अधिकांशको हुन्छ। तर सँधै यस्तो हुँदैन। यहाँ व्यक्तिको व्यक्तित्वअनुसार ऊसँग गरिने आचरणमा फरक पर्दछ। यो त प्रकृतिकै नियम हो- “सरभाइभल अफ द फिटेस्ट”, “जसको शक्ति, उसको भक्ति”! तरपनि शक्तिबाट भक्ति पाउनु त्यति सजिलो भने हुँदैन।

तथापी, भारतीय तक्षशिलाका आचार्य, दार्शनिक तथा राजनीतिज्ञ चाणक्यले आफ्नो नीतिमा एउटा गोप्य शैलीको खुलासा गरेका थिए, जसले चाहे महिला होस् या पुरुस्, सबैलाई सजिलैसित सम्मोहित गर्न मद्दत गर्दछ।

चाणक्यका पालामा, भारत स-साना राज्यमा विभाजित थियो। अहिलेको जुन सिङ्गो भारत छ, त्यसको पछाडि चाणक्य नै हात रहेको इतिहासमा उल्लेखित छ। टुक्रिएको भारतलाई एउटा सिङ्गो राज्य बनाउन चाणक्यले एक योजना बनाए, जसको माध्यमबाट जोकोहिलाई पनि सजिलै आकर्षित गरेर सम्मोहित गर्न सकिन्छ। त्यसैलाई नै ‘चाणक्य नीति’ भनिन्छ।How To Attract Someone using Chanakya Neeti

चाणक्यले भनेका छन् कि यो संसारमा विभिन्न रङ्गीविरङ्गीका मानिसहरू छन्, जसको आ-आफ्नै स्वभाव र प्रकृति हुन्छ। कोहि धनी बन्न चाहन्छ, कोहि एकदमै घमण्डी हुन्छन् भने कोहि असाध्यै बुद्धिमानी! उनका अनुसार यी सबैप्रकारका मानिसहरूलाई आकर्षित गर्न सकिन्छ।

लोभी व्यक्ति

चाणक्य नीतिका अनुसार, लोभी मानिसलाई नियन्त्रण गर्ने एउटा तरिका भनेकै उसलाई टन्नै धनको लोभ देखाएर मुखमा बुझो लगाउनु हो।Greedy People

घमण्डी व्यक्ति

घमण्डी व्यक्तिको दिमागमा अहम् भावनाले राज गरेको हुन्छ। उसलाई आफूभन्दा शक्तिशाली र बुद्धिमानी अरू कोहि लाग्दैन। त्यसैले उसलाई नियन्त्रण गर्नको लागि उसको अगाडि नरम भएर बोल्ने अनि उसलाई पनि शान्त हुन आग्रह गर्ने गर्नुपर्दछ।

मूर्ख व्यक्ति

मूर्ख व्यक्तिलाई जति सम्झाएपनि केहि लाग्दैन। त्यसैले उसलाई आफ्नो वशमा ल्याउन चाहनुहुन्छ भने उसले जे भन्छ त्यसैमा हो मा हो मिलाउँदै जानुपर्छ। कुनै बेला यस्तो बखत आउँछ, जुन बेला उसलाई आफ्नो गल्तीको महशुस हुन्छ, त्यति बेला उसले तपाईँको अगाडि शिर झुकाउनैपर्ने हुन्छ।

मूर्ख व्यक्तिलाई खुशी बनाउनका लागि उसको झूठो प्रशंसा गरिदिनुपर्दछ। सर्प पनि मर्ने लौरी पनि नभाँच्चिने!

बुद्धिमानी व्यक्ति

बुद्धिमानी व्यक्तिलाई आफ्नो वशमा पार्न र आफूतर्फ आकर्षित गर्न कुनै जालझेल खेलिरहनुपर्दैन, उसको अगाडि केवल सत्य कुरा बोले पुग्दछ।

यो पनि हेर्नुहोस्-
मानिसले जनावरबाट यी २० गुण सिक्नुपर्दछ भन्छ चाणक्य नीतिले
चाणक्यका ६ नीति,१ रुपैया पनि घाटा हुन्न..
जीवनको अर्थलाई परिभाषित गर्छ ‘मौन व्रत’ले
यी कुरामा ध्यान दिनुस्, तपाईको जागिर र बढुवा छिटो हुन्छ