कस्कालागी चढाउदैछौ लुम्बिनीको आँगन काटी !
जनतालाई चिढ्याउदैछौ छिमेकीको जुठो चाटी !!

नङ-मासु जस्तै हो नि पहाड र मधेस नाता !
यही नातामा रम्छौ हामि, रम्छिन धर्ती माता !!

Subas Chandra Pokharel

कविः सुभाष चन्द्र पोखरेल

खोज्छन नेता टुक्र्याउन्, जाग पहाड जाग तराई !
‘अखण्ड’ यो जोगाइ राख्न हुनेछैन अब डराई !!

जनताको चाह एउटा टाउके नेता अर्कै बोल्छन !
सुन्दर शान्त समाजमा बिभाजनको बिष घोल्छन !!

सत्ता बाहिर हुँदा नेता हिम्मतिला सुरा हुन्छन !
खै के हुन्छ सत्ता पुगि, गोबर हग्ने कुरा गर्छन !!

गोबर हग्ने नेता छोडी, राष्ट्रबादी नेता रोजौ !
पूर्व-पश्चिम, उत्तर-दक्षिण एकताको सुत्र खोजौं !!

जनतालाई जुधाएर तिर्छौ कस्लाई नुनको पैचो !
लीलामिपो गर्न आट्यौ जनताको गुनको पैचो !!

तिम्लाई भन्दा ज्यादा छ है माया हाम्लाई मझेरिको !
दिनेछैनौ मडारिन कालो बादल अधेरिको !!

मधेससँग जोडिएका अर्घा,पाल्पा, गुल्मी घाँटी !
दिनेछैनौ चिर्न नक्सा सम्बेदनशिल नसा काटी !!

 

सर्जक सुभाषचन्द्र पोखरेलका अन्य रचनाः

पत्रकार, पलायन र प्रेम बानिया !

देश : अब ‘साङ्ले’ बाट जोगाउँ !