झन्डै पाँच बर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले हाल आएर पहिलो चरणमा ६० जना महिला कामदार लिन सहमती जनाएको छ । कुैन बेला ६ लाख देखि १० लाख सम्म रकम एजेन्टलाई बुझाएर नेपाली कामदारहरु इजरायल जाने गरेकोमा अब इजरायल र नेपाल बिच भएको श्रम सम्झौताको कारण करिब ६५ हजारमै इजरायलमा रोजगारीको लागी पुग्न सकिने भएको छ ।

अन्य देशको तुलनामा राम्रो कमाइ हुने इजरायल नेपालीहरुको लागी राम्रो र सुरक्षित गन्तब्यको रुपमा परिचित छ ।

[quote_box_left]
लेखक
राम ढुंगाना ( अल्पमत )

Ram dhungana pic

[/quote_box_left]

बिशेष गरेर महिलाहरुको लागी उपयुक्त देश इजरायलको काम र यहाँको विविध कुराहरुको बारेमा मेरो करिब ७ बर्षको ईजरायल बसाइको अनुभब म बताउन चाहन्छु।

मध्यपुर्बमा रहेको एक विकसित राष्ट्र इजरायल जुन यहुदिहरुको देश भनेर विश्वमा चिनिन्छ । इजरायलमा पनि यहुदिहरु बिच दुइ किसिमका मानिसहरु छन् । एउटा धर्म प्रति अति कट्टर धार्मिक समुदायहरु जसलाइ इजरायली भाषामा ( दत्ति ) भनिन्छ ।

अर्को समुदाय भनेको आधुनिक जिबन शैली अपनाउने समुदाय जसले स्वतन्त्रताको अत्याधिक उपभोग गरिरहेका छन् ।

इजरायलको कुल जनसंख्याको करिब बीस प्रतिशत मुश्लिम समुदाय रहेका छन् ।

खास गरेर इजरायलले खेती ( एग्रिकल्चर ) र सुसारे ( केयर गिभर ) को क्षेत्रमा बिदेशी कामदारहरु भित्रायाउने गरेको छ । यहाँ सुसारे कामदारहरुको संख्या ज्यादा छ र नेपालीहरु पनि धेरै जसो ‘सुसारेको’ रुपमा धेरै भित्रिएका छन् । र केहि न्युन संख्यामा ( खेतीमा ) काम गर्नेहरु पनि छन् ।

नेपाल लगाएत , फिलिपिन्स , श्रीलंका , भारत , रोमानिया , जस्ता देशका कामदारहरु यहाँ सुसारेको रुपमा काम गर्छ्न् ।

अपांग , अशक्त , मानसिक बिरामी र बृद्द- बुद्दाको हेरबिचार नै ‘सुसारेको ‘मुख्य काम हो ।

एकल परिवारमा बस्ने हुनाले र घर- परिवारका अन्य सदस्यहरु काममा ब्यस्त हुने र इजरायलीहरु सुसारेको काम गर्न नरुचाउने हुनाले नै यहाँको सरकारले आवश्यक पर्ने ब्यक्तिहरुको अबस्था हेरेर बिदेशी कामदार राख्न र तोकिएका देशहरु बाट कामदार झिकाउन अनुमती दिन्छ ।

नेपालीहरु काम गर्न जाने गरेको मुलुकहरु युएई, कतार, मलेशिया, दक्षिण कोरिया जस्ता देशहरुको जस्तो ‘सुसारेको’ काम आठ- दश घण्टा ड्युटि मात्र गरेर पुग्दैन। आफ्नो तोकिएको काम सकेर कोठामा फर्किन यहाँ पाइदैन । जुन घरमा काम छ त्यहि घरमा खाने, बस्ने ,सुत्ने ब्यबस्था हुन्छ ।

केयर गिभरको काम एक- किसिमले भन्नु पर्दा अस्पतालको नर्सहरुको जस्तै हो ।

यहाँ आफुले हेरबिचार गर्नुपर्ने ब्यक्तिको अबस्था अनुसार काम फरक हुन्छ । कोहीकोही बृद्द- बृद्दाहरु एक्लै बस्दा डराउने, आफै हिडडुल गर्न सक्ने तर कमजोर शारिरीक अबस्थाको कारणले साथीको लागी मात्र भएपनि काम गर्ने कामदार राख्छन् । यस्तोमा काम अलि सजिलो हुन्छ ।

कसैको भने सम्पुर्ण रेखदेख आफैले गर्नुपर्ने हुन्छ । उदाहरणको लागी कसैले मधुमेह ( सुगरको रोगी ), उच्च रक्तचाप ( ब्लड प्रेसरको ) बिरामी हेरबिचार गरिरहेका छन्।  बिरामीलाई कस्तो किसिमको खाना दिने ? कतिबेला सुताउने – उठाइदिने , बेला- बेलामा उसको रगतमा सुगरको मात्रा नाप्ने र ब्लड प्रेसरको अबस्था थाहा पाउने ।

र बिरामीको अबस्थामा उतारचढाब भएमा एम्बुलेन्स बोलाएर अस्पताल लैजान पर्ने हुन्छ । त्यसैले यस्ता ब्यक्तिहरुको हेरबिचार चनाखो भएर गर्नु पर्छ ।

घरको सरसफाइ गर्ने , खाना बनाउने , आफुले हेरबिचार गरिरहेको ब्यक्तिहरुलाई बिहान बेलुका घर बाहिर घुमाउन लैजाने यी सामान्य कुराहरु केयर गिभरले गर्न पर्ने कामहरु हुन् ।

केयर गिभरलाई स्थानीय इजरायली भाषामा केटा- केटिलाइ, मेतापेल / मेतापेलेत भनिन्छ । जस्को अर्थ हुन्छ काम गर्ने मान्छे ।

इजरायलीहरु मिजासीला र सहयोगी भावनाका हुन्छन् । आफुलाइ काममा चित्त नबुझेको कुरा स्पस्ट भन्न पाइन्छ । र आफुलाइ अन्याय भएको छ, हेपाइ र पेलाइमा परिएको छ भने अदालतको ढोका ढक्ढक्याउन पाइन्छ ।

चित्त नबुझेमा काम छोडेर अर्के काम फेर्न मिल्छ ।

साउदी, कुबेत, लेबनान जस्ता देशहरुमा नेपाली चेलीहरुले दुँख पाएका , शाररिक , मानसिक शोषण यौनजन्य हिंसा हुने र सुनुवाइ पनि कतै नहुने भन्ने समाचारहरुमा देखिए पनि इजरायलमा त्यस्ता घटनाहरु हाल सम्म सुनिएका छैनन्।

ईजरायलीहरु प्राय : सबै शिक्षित , आधुनिक बिचारधारा बोकेका र कडा कानुन भएकोले यस्ता कुनै पनि घटनाहरु र महिला हिंसाको बारेमा नराम्रा कुराहरु सुनिदैन ।

इजरायलमा धेरै बर्ष काम गरेको मेरो अनुभवले यहाँ बिदेशी कामदार भनेर हेपिदैन । कसैले पनि दोस्रो दर्जाको नागरिकको ब्यबहार गर्दैनन् । एउटै घरमा काम गर्दा पनि परिवारका सदस्यहरु जस्तै राम्रो ब्यबहार गर्छन् । माया गर्छन् ।

ईजरायल आउने सबै कामदारहरुलाइ सजिलो काम पर्छ । सबैले राम्रो पैसा कमाँउछन् र यहाँ सबै कुराहरु सय प्रतिशत नै राम्रो छन् भन्ने पनि हैन । यहाँ पनि काममा विविध समस्याहरु र दुख हैरानीहरु छन् ।

१) चौबीसै घण्टा घरमा बसिरहनु पर्ने दिक्दारी ।
२) भनेको समयमा छुट्टि नमिल्ने ।
३) दिमाखी हालत ठिक नभएकाहरु संग संगत र उनीहरुको हेरबिचार गरिरहनु पर्दा आफैलाइ डिप्रेसन हुने समस्या ।
४) राम्रो संग काम गर्दा पनि ईम्प्लोएरले कामको जस नदिने ।
५) भाषाको समस्या ।
६) महिलाहरुको तुलनामा पुरुषहरु लाई काम पाउन गार्हो ।

प्रत्येक हप्ता कामदारहरुले २६ घण्टा छुट्टि पाउँछन् । तर काममा आफ्नो आवश्यकता भएको खण्डमा छुट्टि नपाउन पनि सकिन्छ । यदि शुक्रबार र शनिबार बिदाको दिनमा पनि काम गर्न परेमा ‘ओभरटाइमको ‘ पैसा पाइन्छ । साथै अतिरिक्त खर्चको लागी भनेर प्रत्येक हप्ता करिब २५ डलर दिइन्छ ।

न्युनतम तलबको कुरा गर्नुपर्दा अहिलेको अबस्थामा सामान्यत : एक लाख भन्दा माथी नै हुन्छ । यदि शुक्रबार,  शनिबार अतिरिक्त काम गर्ने हो भने २०/३० हजार थप हुन्छ।

आजभन्दा पाँच /छ बर्ष अगाडि करीब बिस हजारको संख्यामा रहेका नेपाली कामदारहरु अहिले करिब चार/पाँच हजारको संख्यामा मात्र रहेका छन् । धेरै जसो यतैबाट युरोप , अमेरिका , क्यानडा जस्ता देशहरुमा पुगेका छन् भने समय सक्किएपछि आफ्नै देश फर्किरहेका पनि थुप्रै छन् ।

प्राय : महिनाको दश तारेख तलब बुझेपछि नेपालीहरु छुट्टिमा निस्कन्छन् । तेलअभिब, जेरुसलेम, हाइफा, नारीया, तिबेरिया, जस्ता मुख्य शहरहरुमा छुट्टि निस्केको बेलामा साथीभाइहरु संग रमाँइलो गर्न समय कटाउन अपार्टमेन्टहरु लिएका छन् । प्राय : सबैको त्यहि ठाउँहरुमा भेट हुन्छ ।

छुट्टिको बेलामा , रमणिय ठाउँहरु घुम्न ( टुर ) जाने नेपाली चाडपर्बहरु मनाउँने , समय-समयमा नेपालबाट कलाकारहरु मगाएर सांस्कृतिक कार्यक्रम गरिने गरिएको छ।

यहाँ काम गर्न पाइने अबधी भनेको चार बर्ष तीन महिना मात्र हो । त्यो भन्दा माथी बस्नको लागी आफ्नो भाग्यमा पनि भर पर्छ । चार बर्ष तिन महिना भन्दा बढि समय कटिसकेपछि आफुले हेरबिचार गर्दै आइरहेको ब्यक्ति बाचुन्जेल र इम्प्लोएरले आफुलाइ मन पराएर राखुन्जेल जति समय पनि बस्न पाइन्छ ।

समग्रमा भन्नु पर्दा पुरुषहरुको तुलनामा महिलाहरुको लागी एकदमै राम्रो र भरपर्दो गन्तब्य हो इजरायल । थुप्रै नेपाली- चेलिबेटिहरुले इजरायलमा दुख गरेर आफ्नो र आफ्नो घर- परिवारको भबिस्य राम्रो बनाइ सक्नुभएको छ । त्यसैले हाल खुलेको ६० जनाको कोटा एकदमै थोरै हो । सकेसम्म नेपाल सरकारले राम्रो पहल गरेर इजरायलमा बढि भन्दा बढि नेपाली दिदिबहिनीहरु पठाउन सकेमा उनीहरुको आर्थिक स्तर र नेपालको अर्थतन्त्रलाई समेत फाइदा पुग्छ ।

सरकारले बढि भन्दा बढि नेपाली कामदार इजरायल पठाउने बिषयमा अझै बढि पहल गरोस् ।

हाल -: इजरायल