कुशल श्रेष्ठ

‘महाशिवरात्री’ हिन्दुहरूको प्रमुख चाडहरूमध्ये एक हो। यो भगवान शिवको पूजा गरिने प्रमुख पर्व हो। शिवजीको उत्पत्ती भएको रातको नामबाट नामांकरण भएको यो पर्व ‘कालरात्री’, ‘मोहरात्री’, ‘सुखरात्री’ र ‘शिवरात्री’ नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन-दुःखी र कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनको रूपमा लिइने गरिन्छ।

महाभारत क्षेत्रमा पौराणिक कालदेखि नै बसोबास गर्दै आएका हिन्दु धर्मावलम्बीहरूले महाशिवरात्री पर्व मनाउने गर्दछन्। विशेष गरी नेपाल, भारत, बङ्गलादेश, कश्मीर र श्रीलङ्कामा यो पर्व धुमधामका साथ मनाइन्छ।

नेपालमा शिवरात्री

नेपाल अधिराज्यभरीका शिवमन्दिरहरूमा, विशेष गरी काठमाडौँको पशुपतिनाथमा महाशिवरात्री पर्व मनाइने गरिन्छ। भगवान शिवलाई आदिगरु पनि मानिन्छ र उनैबाट सबै किसिमका धर्म र परम्परा उत्पत्ति भएको विश्वास गरिन्छ। हिन्दु परम्पराको अनुसार, शिवरात्रीको बेला नवग्रहहरू यस्तो अवस्थामा हुन्छन् कि जसको कारण मानव शरीरमा एक शक्तिशाली प्राकृतिक ऊर्जा पैदा हुन्छ। त्यसैले नै शिवरात्रीको रातभरी जागरण बस्नाले शारीरिक तथा आध्यात्मिक तवरले फाइदा हुने मानिन्छ।Shivaratri in Nepal

नेपालका अधिकांश महिलाहरू यो दिनमा व्रत बस्ने गर्छन्। विवाहित महिलाहरू आफ्नो पतिको लामो आयु र सु-स्वास्थ्यको कामना गर्दै भगवान शिवको पूजा-आरधना गरी व्रत बस्ने गर्छन् भने कुमारी महिलाहरूले भगवान शिवजस्तै पति पाउँ भनि पुजा गर्ने गर्छन्।

भारतमा शिवरात्री

भारतमा यस पर्वलाई ‘मण्डी पर्व’को रूपमा मनाइन्छ। यो पर्व किन पनि विशेष छ भन्दा यो दिन मण्डि शहरमा भव्य उत्सव लाग्ने गर्दछ, जहाँ मण्डि जिल्लाका सबै देवी-देवताहरूलाई (२०० भन्दा बढि रहेको पाइएको छ) एकठाउँमा जम्मा गरेर समग्रमा पूजा-आजा गरिन्छ।Shivaratri in India

मण्डि पूजाको दिनमा भारतमा विशेष गरी ‘मण्डि देव’ (भगवान विष्णु) र शिवजीको पूजा गरिन्छ। यस भव्य उत्सवमा देश-विदेशका पर्यटकहरू पनि पूजामा सामेल हुन आउने गर्छन्।

बङ्गलादेशमा शिवरात्री

बङ्गलादेशका हिन्दु धर्मावलम्बीहरूले पनि महाशिवरात्री पर्व मनाउने गर्छन्। त्यहाँको शिवरात्री मनाउने चलन र विश्वास पनि नेपालको जस्तै रहेको छ। उनीहरू भगवान शिवको आशिर्वाद र वरदान पाउनका लागि व्रत बस्ने गर्छन्। नेपालको पशुपतिनाथ जस्तै बङ्गलादेशमा पनि शिवको एक धाम छ- चन्द्रनाथ धाम। अधिकांश बङ्गलादेशी हिन्दुहरू सोहि धाममा गई भगवान शिवको दर्शन गर्ने गर्छन्। यस दिनमा शुद्ध चित्त लिएर व्रत बस्नेहरूले आफूले सोँचेको जस्तो पति/पत्नि पाउँछन् भन्ने विश्वासले गर्दा पनि त्यहाँ महाशिवरात्री पर्वलाई भव्य उत्सवको रूपमा लिइन्छ।Shivaratri in Bangladesh

दक्षिण भारतमा शिवरात्री

दक्षिण भारतमा पर्ने आन्द्रप्रदेश, कर्नाटका, केरला, तमिल नाडु र तेलङ्गना मा पनि महाशिवरात्रीलाई एक विशेष पर्वको रूपमा मनाइन्छ। यस दिन भगवान शिवका मन्दिरहरूमा विशेष पूजा लाग्ने गर्दछ भने महिलाहरू आफ्नो पति वा हुनेवाला पतिको लामो आयु र सु-स्वास्थ्यको कामना गर्दै व्रत बस्ने गर्छन्। दक्षिणी नारीहरू यस दिनमा व्रत बस्दा रातभरी नाचगान गर्दै जागरण बस्ने गर्छन्।Shivaratri in South India

कश्मीरमा शिवरात्री

कश्मिरी ब्राह्मणहरूको लागि यो एकदमै महत्वपूर्ण पर्व मानिन्छ। भगवान शिव र पार्वतीको विवाह भएको दिनको अवसरमा हरेक घर-घरमा शिवरात्री पुजा गरिन्छ। महाशिवरात्री भन्दा ३/४ दिन अगाडि देखि नै यो पर्व मनाउन सुरु गरिन्छ भने महाशिवरात्रीको २ दिनपछिसम्म पनि त्यहाँका ब्राह्मणहरूले शिवको पुजा गर्ने गर्छन्।Shivaratri in Kashmir

श्रीलङ्कामा शिवरात्री

रामायण कालमा श्रीलङ्काको तत्कालीन राजा रावण शिवका महान् भक्त थिए। उनले भगवान शिवबाट वरदान पनि पाएका थिए। श्रीलङ्कामा यसरी रावणले भगवान शिवबाट वरदान पाएकै दिनलाई शिवरात्रीको रूपमा मनाउने गरिन्छ।Shivaratri in Srilanka

यो पनि हेर्नुहोस्-
यो वर्षको शिवरात्रीमा जुरेको अभुतपूर्व संयोग
महाशिवरात्रीमा पशुपति क्षेत्र अस्तव्यस्त, दर्शन गर्न ११ घण्टा
शिवरात्रीको दिन कुन राशिलाई कस्तो
शिवपरिवारः दुई पुत्र मात्रै होइन, शिवजीकी अर्की एक पुत्री पनि छिन्