२५ असार, भद्रपुर । स्थानीय निर्वाचनमा भद्रपुर नगरको नेपाली काँग्रेसको नेतृत्वलाई हराउन प्रत्यक्ष भूमिका खेलेका नौजना क्रियाशील सदस्यलाई नेपाली काँग्रेस भद्रपुर नगर समितिले निष्काशन गरेको छ ।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर अन्य पार्टीलाई फाइदा पु-याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेदवार तथा तिनका समर्थक गरी नौजनालाई पार्टीको विधानअनुसार निष्काशन गरिएको हो ।

यसरी निष्काशित हुनेमा भद्रपुर–१ का कुलप्रसाद सङ्ग्रौला, अरुणकुमार उप्रेती, उकीन्द्र खरेल र सरोज सङ्ग्रौला रहेका छन् ।

यसैगरी, भद्रपुर–४ का मनोज केसी, भद्रपुर– ७ का दुर्जनसिंह राजवंशी, जगदीश काफ्ले, हरिप्रसाद निरौला छन् भने भद्रपुर– ८ की कुन्तीदेवी राई लगायतले पार्टीको हितविपरीत विपक्षी पार्टीलाई फाइदा पुग्नेगरी बागी उम्मेदवार बनेर आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा निष्काशन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिए । रासस