हेटौंडा, ३० बैशाख ।प्रमुख विपक्षी नेपाली काँग्रेसका सांसदहरुको अवरोधका कारण ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।

पहिला प्रदेशको नाम र स्थायी राजधानीको विषय टुंगो लगाउनुपर्ने भन्दै काँग्रेस सांसदले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । यस अघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिए पनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक बनेको हो । दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि संसद अवरुद्ध भएको हो ।

यस अघि सरकारका तर्फबाट संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले सरकार राजधानीको विषयमा गम्भीर रहेको बताएका थिए ।