नुवाकोट, २९ साउन । जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ ।

जिसस प्रमुखमा सन्तमान तामाङ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र) गठबन्धनका रामहरि घिमिरेले १० मत ल्याउनु भएको थियो ।

उपप्रमुखमा अप्सरा थापा १४ मत ल्याई निर्वाचित भइन् । उनका प्रतिद्वन्द्वी विष्णुबहादुर बोगटीले १० मत ल्याए । समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी भएका छन् ।

विजयीलाई मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले आजै प्रमाणपत्र प्रदान गरे। रासस