१८ मंसिर, नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन ।

राहुलकी आमा सोनिया गान्धी भारतीय काँग्रेसकी वर्तमान अध्यक्ष छन । उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ ।

त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको छ ।

राहुल गान्धी हाल पार्टीको उपाध्यक्ष रहेका छन । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा छन । यस पदमा केही वर्षयता कसैले पनि उम्मेदवारी दिएको थिएन ।

पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम समयावधि सोमबारै साँझसम्म यदि कसैले उम्मेदवारी दिएनन् भने राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरालाई सो पदको बागडोर दिन लागेको बताइन्छ ।

अहिलेको अवस्थामा भारतीय काँग्रेसका लागि यो एक राम्रो कुरा भएको र राहुल गान्धीले अगामी दिनमा अन्यन्त राम्रोसँग कार्यसम्पादन गर्ने उत्तरी भारतीय राज्य पञ्जावका मुख्यमन्त्री अमारीन्दर सिंहले बताएका छन । रासस/सिन्ह्वा