१८ मंसिर, काठमाडौं ।
काठमाडौंको बुढानिलकण्ठस्थित चपलीमा आयोजित कांग्रेसको चुनावी कार्यक्रमलाई लक्षित गर्दै आज कुकर बम बिस्फोट गरिएको छ ।

बम बिस्फोटमा काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार गगन थापा सहित ११ जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको बताइएको छ ।

थापालाई उपचारका लागि त्रिभुवन विश्वविद्यायलय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनको टाउकोमा चोट लागेको छ ।