२३ असोज, काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ ।

प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकिएसँगै गठबन्धन, तालमेल र एकताको प्रक्रिया चलिरहेका बेला विजय कुमार गच्छदार पनि पुरानै घर फर्कने तयारीमा जुटेका हुन् ।

स्रोतका अनुशार सकेसम्म आजै र नभए भोली सम्म पार्टी एकता गर्नेगरी छलफल तिब्र पारिएको छ । यसविषयमा थप छलफल गर्न अहिले केहिवेरमा कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै छ । गच्छदार २०६४ सालअघि कांग्रेसमै थिए ।

त्यसपछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका गच्छदारले २०६६ सालमा फोरमवाट छुट्टिएर नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए ।