१६ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा चुनावका लागि प्रत्यक्षतर्फको आधिकारिक उम्मेदवारको सूचीमा नपरेका नेपाली कांग्रेसका धेरै युवा नेताले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका छन् ।

गठबन्धनका कारण कांग्रेसका धेरै युवा केन्द्रीय सदस्यले प्रदेश र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष अथवा समानुपातिक उम्मेदवार हुने मौका नपाएका हुन् । विद्यार्थी राजनीतिबाट पार्टीको मुलधारमा निर्वाचीत् केन्द्रिय सदश्यहरु धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, पुराना नेता केबी गुरुङ, कमला पन्त, रत्न शेरचन, सरिता प्रसाईँ, केशव बुढाथोकी कुनैपनी उम्मेदवारको सूचीमा छैनन् ।

टिकट वितरण गर्ने जिम्मा पाएका नेताले बिभेद गरेको उनीहरुले गुनासो गरेका छन् । युवा नेता घिमिरेको नाम मोरङको प्रदेशसभामा सिफारिस भएको थियो ।

मोरङ ४ बाट प्रतिनिधिसभामा महेश आचार्य उम्मेदवार छन् । प्रदेशसभा ‘क’ मा मुक्तिनाथ माझी थारु र ‘ख’ मा विश्वनाथ रिजालले टिकट पाएका छन् । यसअघि बाजुराबाट सांसद भएका बद्रि पाण्डेको स्थानमा कविराज पण्डितले टिकट पाएपछि असन्तुष्टि बढेको हो ।