२ जेठ, काठमाडौं ।
स्थानीय तहको मतपरिणम धमाधम सार्वजनिक भएको छ । वैशाख ३१ गते सम्पन्न २८१ स्थानमा भएको स्थानीय तहको निर्वाचन मध्ये २५ स्थानीय तहको मत गणना सम्पन्न भएको छ ।

हिजो अधिकांश स्थानमा एमालेले अग्रता लिएपनि आज भइरहेको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले अहिलेसम्म ९ स्थानीय तहमा जित हात पारेको छ भने ९० स्थानीय तहमा अग्रता लिएको छ।

त्यसैगरी एमालेले ८ स्थानमा विजयी हासिल गरेको छ भने ८४ स्थानीय तहमा अग्रता लिएको छ।

माओवादीले ७ स्थानीय तहमा विजयी हासिल गरेको छ भने ८० स्थानीय तहमा अग्रता लिएको छ।

एक स्थानमा भने स्वतन्त्र उम्मेदवारले गाउँपालिका अध्यक्ष जितेका छन् । पहिलो चरणमा ३, ४ र ६ प्रदेशको २८३ स्थानमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

कांग्रेसले जितेका स्थानीय तह

जारकोटःकुशे गाउँपालिका
नवलपरासीः बुङदीकाली गाउँपालिका
बाग्लुङःतमानखोला गाउँपालिका
मनाङःनाशोङ गाउँपालिका
मनाङःनार्फु गाउँपालिका
मुस्ताङःबाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका
मुस्ताङः थासाङ गाउँपालिका
मुस्ताङःलोमन्थाङ गाउँपालिका
दैलेखः डुंगेश्वर गाउँपालिका

एमालेले जितेका स्थानीय तह

डोल्पाः शे–फोक्शुण्डो गाउँपालिका
डोल्पाः ठूली भेरी नगरपालिका
डोल्पाःकाइके गाउँपालिका
जजरकोटःशिवालय गाउँपालिका
मनाङःचामे गाउँपालिका
मनाङःनेस्याङ गाउँपालिका
मनाङःघरपझोङ गाउँपालिका

माओवादी केन्द्रले जितेका स्थानीय तह

डोल्पाः मुड्केचुला गाउँपालिका
डोल्पाःजगदुल्ला गाउँपालिका
जुम्लाःगुठचौर गाउँपालिका
जुम्लाःहिमा गाउँपालिका
कालिकोटःसान्नी त्रिवेणी गाउँपालिका
रुकुमःसानीभेरी गाउँपालिका

मुस्ताङः स्वतन्त्र उम्मेदवार
तेञ्जोङ छिरिङ, मुस्ताङ