madhav kumar nepal२४ चैत, काठमाडौ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस बुढो गोरू भएको भन्दै अब कांग्रेसले कुनै खेतिपाती गर्न नसक्ने बताएका छन् ।
काठमाडौं, क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको उद्‍घान गर्दै नेता नेपालले अब नेपाली कांग्रेसले हलो पनि बोक्न नसक्ने र खेतिपाति पनि गर्न नसक्ने बताउँदै हलो बोक्न र खेतिपाती गर्नका लागी आफूहरुलाई जिताउनुपर्ने बताए । उनले कांग्रेस एमाओवादीकै इशारामा लतारिने गरेको आरोप लगाउँदै कांग्रेसले खेतिपाति गर्न सक्ने हैसियत गुमाएको बताउँदै कांग्रेसले संविधान लेख्न नसक्ने बताए ।
यस्तै, उनले एमाओवादीलाई विश्वास गर्न नसकिने पार्टी भएको बताए । उनले एमाओवादीले आफै सहमति गर्ने र आफै उल्लघंन गर्ने गरेको आरोप लगाउँदै पहिलो संविधान सभामा धेरै सिट ल्याएकै कारन देशमा संविधान नबनेको बताएका छन् ।
उनले आज एमाओवादीमा प्रवेश गरेका पूर्व पोलिटब्युरो सदस्य रामचन्द्र झाले गम्भीर गल्ती गरेको बताएका छन् । नेता नेपालले नेता झाले भोली नराम्ररी पछुताउनुपर्ने दिन आउने दाबी गरेका छन् । उनले कुनै नेताले पार्टी छाड्दैमा त्यसले असर नगर्ने बताउँदै जनता व्यक्तिका पछाडि नभई पार्टीका पछाडि लाग्ने बताए ।
नेता नेपालले आउँदो संविधानसभा निर्वाचनमा एमालेसहितका हितैषी पार्टीहरूलाई दुई तिहाई बहुमत ल्याउने गरी लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले जातीय संघीयताका पक्षमा लागेर देश टुक्र्याउने कि बहुपहिचानसहित जातीय सद्भाव कायम राखेर मुलुकको राष्ट्रिय एकता वलियो बनाउने प्रश्न खडा भएकोछ भन्दै एमाओवादी ठूलो दल बने फेरि पनि मुलुकमा संविधान नबन्ने ठोकुवा गरे ।