५ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दल कमजोर हुँदा मुलुकमा विदेशी हस्तक्षेप हुन थालेको बताएका छन् ।

गिरिजाप्रसाद कोइरालाको सातौं स्मृति दिवसका अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेले आन्तरिक समस्या समाधान गर्न दलहरु सक्षम हुनुपर्ने बताए ।

यो पनि पढ्नुस्:  भारतद्वारा नेपालको राष्ट्रियतामाथि गंभीर प्रहार : मैनाली

उनले शान्ति प्रक्रिया र प्रजातन्त्रका लागि गिरिजाप्रसाद कोइरालाले दिएको योगदान विश्वमै प्रशंसनीय रहेको बताए ।

मधेसी दललाई सहमतिमा ल्याएर आगामी वैशाख ३१ गते निर्वाचन गराएर जनताका अधिकार स्थापित गर्न सबै दल इमानदार देखिनुपर्ने नाई थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता लालबाबु यादवले आन्तरिक राजनीति कमजोर भएकै कारण छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुन नसकेको बताए ।

कार्यक्रममा सहभागी परराष्ट्रविद्हरुले नेपाल–भारतबीचको सम्बन्धबारे आ–आफ्नो धारणा राखेका थिए ।