८ साउन, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि चुनावी समिक्षा र भावी रणनीतिका विषयमा छलफल भइरहेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा हिजोदेखि शुरु बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी भित्रको गुटबन्दी हटाएर नागरिकको विश्वास जितेर पार्र्टी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा मन्त्रीपरिषद विस्तार, सरकार सञ्चालनका विषयमा नेतृत्वको आलोचना भएको छ । पहिलो र दोस्रो चरणमा भएको स्थानिय चुनावको समिक्षा र अब हुने तेस्रो चरणको चुनावको तयारी र रणनीतिको विषयमा आज पनि केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन् ।

हिजो पहिलो दिन वरिष्ठ नेता रामचन्द्र पौड्ेल सहित २० जना केन्द्रिय सदस्यले धारणा राखिसकेका छन् । आज पनि बाँकी केन्द्रिय सदस्यले बोल्नेक्रम जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तेस्रो चरणको निर्वाचनमा पार्टीलाई कसरी सशक्त र प्रभावकारी बनाएर लैजाने भन्नेबारे छलफल केन्द्रित रहेको कांग्रेसले जनाएको छ ।