१४ चैत, काठमााडौं ।

सरकारको काममा हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सर्वोच्च अदालतको आलोचना भएको छ ।

प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले सरकारको काममा हस्तक्षेप भन्दै काँग्रेस नेताहरुले अदालतको आलोचना गरेका हुन ।

बैठकमा बोल्दै काँग्रेस नेताहरुले सरकारको काममा अदालतले हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गरेका एक नेताले बताए ।

उनीहरुले कार्यपालिका र न्यायपालिका एकअर्काको सहयोगी हुनु पर्नेमा सर्वोच्चले हस्तक्षेपकारी भूमिका खेलेको भन्दै अदालतको आलोचना गरेका हुन् ।

बैठकमा रमेश लेखक, शंकर भण्डारी, जीवन बहादुर शाही लगायतका नेताहरुले बोलेका थिए । बैठकमा न्यायपालिकाले कार्यपालिकाको कामम हस्तक्षेप गर्न नहुने र सबै आ–आफ्ना सीमा भित्र बस्नु पर्ने आवाज उठेको छ ।