२८ वैशाख, चितवन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रसँगको सहकार्य दिर्घकालसम्म रहने बताएका छन् ।

दुबै दलको संयुक्त चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै सभापति देउवाले प्रचण्डको चाहना पनि सहकार्य दिर्घकालिन रुपमा लैजानु रहेको उल्लेख गरे ।

चितवनको भरतपुरमा चुनावी तालमेल गरेका दुबै दलका शिर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न आजै त्यहाँ पुगेका थिए । सभापति देउवाले दुई दलको चुनावी तालमेलले पछिसम्म पनि ठूलो महत्व राख्ने बताए ।

स्थानीय, प्रादेशिक र केन्द्रीय चुनावपछि पनि सहकार्य जारी रहने देउवाको भनाई थियो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देउवालाई भावि प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि भने देउवा झन मख्ख परेका थिए ।

देउवाले पोखरामा माओवादी केन्द्रले आफूहरुलाई सहयोग गरेकाले चितवनमा माओवादीलाई समर्थन गरिएको बताए । चितवन महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रको तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल र उपप्रमुखमा कांग्रेसको तर्फबाट पार्वती शाह चुनावी प्रतिष्प्रर्धामा छन् ।