४ असार, बाजुरा।

असार १४ गते हुने दोस्रो चरणको स्थानीय चुनावको मनोनयन गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदह गाउँपालिकामा भएको दोहोरो झडपमा परि एक जनाको मृत्यु भएको छ ।

गम्भीर भएका भनिएका हंश बहादुर रावतको सदरमुकाम मार्तडी लैजाने क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याइदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

मनोनयन गर्ने क्रममा मतदान अधिकृतको कार्यालय डोगडी स्थित स्वास्थ चौकीमा नेपाली काग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप हुँदा ३० जना सामान्य घाइते भएका छन भने १ जना अझै गम्भीर घाइते भएको बताइएको छ ।

दुइ पक्षबीच ढुगांमुढा गरी सो घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएका छ ।

यो पढ्नुस्:

बाँकेमा एमाले र माओवादीबीच झडप, २० राउण्ड हवाई फायर