कागतीले स्वास्थवर्धक मात्र होइन यसलाई वास्तुदोष कम गर्न पनि प्रयोग गर्न सकिन्छ । घर तथा घर वरिपरि भएका कागतीको रुखले नकारात्मक उर्जा हटाउँछ ।

-कागतीको पात तथा दाना चार खण्डमा काटेर घरको चारै कुनामा राखिदिनुस् । यसो गर्नाले घरमा अचानक विरामी पर्ने समस्या आउँदैन ।

– यदि रातको समयमा डरलाग्दो सपना देख्ने समस्या छ र निद्रा पनि लाग्दैन भने सिरानीमुनी एक दाना हरियो कागती राखेर सुत्नुस् ।

– गर्मी समयमा ताजा कागतीको पात कोठामा राख्नाले शीतलता प्रदान गर्नुका साथै अन्य वास्तु सम्बन्धि फाइदा पुर्याउँछ ।