कुशल श्रेष्ठ

भिटामीन-सीले भरिपूर्ण भएको कागतीलाई तपाईँले कसरी-कसरी प्रयोग गर्नुहुन्छ? अधिकांशले खानामा यत्तिकै कागतीको रस चुहाउँछन् अनि खान्छन्, किनभने कागतीको रस राखेको खानाको स्वादमा छुट्टै जादु हुन्छ।

कतिपयले ‘हट लेमन’को नाममा तातो पानीमा कागतीको रस मिसाएर पनि पिउँछन्। यो पनि कागती सेवन गर्ने एउटा राम्रो विधि हो। यसले शरीरको प्रतिरक्षा बढाउने, रगतलाई सफा गरी रक्तसञ्चारमा सुधार ल्याउने, पाचनप्रक्रियामा सुधार ल्याउने अनि शीतलता प्रदान गर्ने गर्दछ।Best Uses of Lemon

तर के तपाईँलाई थाहा छ? कागतीलाई अन्य थुप्रै स्वस्थ तरिकाले पनि प्रयोग गर्न सकिन्छ नि? जस्तै;

१. लामखुट्टे भगाउन– अब गर्मी मौसममा लामखुट्टेले कानमा आएर गीत बजाउन थालिसक्यो। लामखुट्टेको धुप, क्वाइल अनि लिक्वीडले बालबालिकाको मस्तिष्कमा असर पुर्याउँदछ। ठूलै मानिसहरूलाई पनि एलर्जी गराउने र टाउको दुखाउने गराउन सक्दछ। त्यसको सट्टा झूल लगाउनुहोस्, सबैभन्दा उत्तम! तर यदि झूल पनि उपलब्ध छैन भने- कागतीलाई आधा टुक्रा बनाई त्यसमा १/२ वटा ल्वाङ्ग घुसार्नुहोस् र कोठाको सबैभन्दा बढि लामखुट्टे आउने ठाउँमा राखिदिनुहोस्। एकछिनपछि लामखुट्टे आफै भाग्नेछ।Clove in lemon

२. काटेको फलफूललाई ताजा राख्न– काटेको फलफूल बाँकी रह्यो? त्यसो भए त्यसलाई एउटा भाँडोमा राख्नुहोस् र त्यहि भाँडोमा कागती काटेर राख्नुहोस्। कागतीबाट निस्कने बासनाले स्याउ, अवोकाडो, नासपती जस्ता चाँडै खराब हुने फलफूलाई लामो समयसम्म पनि ताजा राख्न मद्दत गर्दछ।Lemon to keep apples fresh

३. ग्याँस चुल्हो र चपिङ्ग बोर्ड सफा गर्न– ग्याँस चुल्होमा कडा दाग लागेको छ र जे गर्दा पनि गएको छैन भने त्यसमा थोरै कागती चुहाउनुहोस्, २/३ मिनेट त्यसै छोड्दिनुहोस्। कागतीमा हुने एसिडले फलाम वा स्टीलमा लागेको खिया वा दागलाई सफा गर्दछ। तरकारी काट्ने चपिङ्ग बोर्डमा कालो धब्बा लागेको छ भने पनि कागतीले सफा गर्न मद्दत गर्दछ।

४. कागतीलाई ताजा कसरी राख्ने?– गर्मी महिनामा जे कुरा पनि धेरै बेर सम्म टिक्न सक्दैन। त्यसैले अब कागती ल्याएपछि सिसाको गिलासमा पानी राखेर कागतीलाई त्यसैमा डुबाइदिनुहोस्। धेरै समयसम्म ताजा बसिरहन्छ।

यो पनि हेर्नुहोस्-
चायाँलाई सखाप पार्छ कागती अनि जीराले, यस्ता छन् अन्य घरेलु उपाय
तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु
मह ,कागती र पानीको फाईदै फाईदा..
दाँत पहेँलो भयो ? कागती छँदै छ नी
मेवाले हटाउँछ चाउरीपना, काँक्रोले दिन्छ चमकता- अन्य ७ घरेलु टिप्स