शास्त्रमा कागलाई विशेष प्राणिकोरुपमा ब्याख्या गरिएको छ । कागले धेरै कुरा जानकारी दिन सक्ने समेत मानिसहरुले विश्वास गर्छन् । शास्त्रका अनुसार कागले थाहा दिने १० शुभ र अशुभ संकेतबारे थाहा पाइराख्नुस् ।

१ काग समूहमा आएर घरको छतमा चिच्यएर कराउन थाले भने यसलाई अशुभ मानिन्छ । काग आपसमा झगडा गरेको पनि अशुभ नै मानिन्छ । यसले घर मालिकलाई संकट आउने संकेत गर्छ ।

crown omen signs 1
२ उत्तर दिशामा दोपहर भन्दा अघि रुखमा बसेर कराएको पूर्व वा सुनियो भने यसले शुभ संकेत गर्छ । यसले दिन आर्थिकपमा लाभदायक हुने संकेत गर्छ । यसले स्त्री सुख पनि प्राप्त हुन सक्छ ।

३ काग छतमा बसेर दक्षिण तर्फ फर्केर करायो भने अशुभ मानिन्छ । यसले घरमा कसैको मृत्यु वा असाध्यै कष्टकर समस्याको सामाना गर्नु पर्ने संकेत गर्छ ।

४ कतै जाँदै गरेको समयमा कागले कुनै भाँडोमा पानी पिउँदै गरेको देखियो भने यो शुभ संकेत हो । यसले धन लाभ हुने संकेत दिन्छ । जुन काम थालेको हो त्यो सफल हुन्छ भन्ने संकेत समेत दिन्छ ।

crown omen signs 2

५ कागले मुखमा रोटी वा मासुको टुक्रा लिएको अवस्थामा देखियो भने यो पनि शुभ संकेत हो । यसले तपाइँको इच्छा पुरा हुने संकेत गर्छ ।

६ कागले तपाइँको शरीरमा वि्ट्याइदियो भने अशुभ मानिन्छ । यसलले मानसिक पीडा सामाना गर्नु पर्ने संकेत गर्छ ।

७ कागले कुनै पनि ब्यक्तिको शीरमा बस्न खोज्यो वा बस्यो भने अशुभ मानिन्छ । यसले रोध वा धन नाशको संकेत दिन्छ ।

crown omen signs

८ विहानै काग उड्दै आएर खुट्टामा छोयो भने शुभ मानिन्छ । यसले जीवनमा उन्नतीको संकेत गर्छ ।

९ विहान तपाइँको घरमा आएर काग करायो भने पाहुना आउने संकेत गर्छ ।

यो पनि हेर्नुस्

विहानमा यी ५ चिज देखियो भने दिन नै शुभ हुन्छ

यस्तो देख्नु भो भने तपाइँको दिन शुभ हुन्छ (तस्विर सहित)