मानिसहरु ‘काग कराए अशुभ हुन्छ’ भनि सदियौ देखि मान्दै आएका छन्। सत्यता कति छ त्यो फरक कुरा हो तर काग कराउँदाको दिक्कलाग्दो आवाज भन्ने पक्का सुन्न मन लाग्दैन। काग कराएमा शुभ हुन्छ भन्ने अवस्था पनि चर्चित नै छन्। पढौं कागसंग जोडिएका शुभ र अभु घटनाकाबारेमा गरिएको चर्चा,

  • मान्यता यो छ की, कागको हुल घरको छाना वा छतमा आएर झगडा गर्न लागे भने घरमालिकलाई कुनै संकट आउनेवाला छ।

crow  (1)

  • मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ। कुनै ठुलो इच्छा पुरा हुने संकेत गर्छ।
  • बाटोमा हिड्दै गर्दा काग कुनै भाडाबाट पानी पिइरहेको देखिएमा शुभ मानिन्छ। धन लाभ हुन्छ अनि जुन कामको लागि हिडिएको थियो त्यो सफल हुन्छ।crow  (4)
  • घरको छानामा दक्षिण तर्फ मुख गरेर काग कराएको छ भने अशुभ मानिन्छ। घरमा कुनै मृत्युतुल्य घटना हुने संकेत गर्छ।crow  (3)
  • दिउँसोको १२ बजेभन्दा अघि रुखमा बसेको कागको स्वर पुर्व वा उत्तर दिशाबाट आएको छ भने शुभ मानिन्छ। यो स्त्री सुखको संकेत मानिन्छ।
  • कागले शरीरमा ठुगेँमा शारिरीक र मानसिक पिडा हुने मान्यता छ।crow  (2)
  • काग कसैको टाउको भन्दा माथी बसेको खण्डमा अशुभ मानिन्छ। धनको नोक्सानी र रोगको भय हुने मान्यता छ।
  • बिहानीको समय काग उड्दै आएर खुट्टा छुन पुगे निकै शुभ मानिन्छ। जीवनमा उन्नती हुने र धन आर्जन हुने मान्यता छ
यो पनि पढ्नुहोस्।
पुरा भएका कलियुगका आश्चर्यजनक भबिष्यवाणी
कलियुगका १० लक्षण
हाम्रो जीवनकालमा पुरा नहुने १२ वैज्ञानिक भविष्यवाणी
पत्यार नलाग्ने ७ भविष्यवाणी जुन पुरा भए