३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको राति १० बजेसम्मको मतगणनाअनुसार नेकपा(एमाले)को अग्रता कायमै छ ।

प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य दुई हजार एक सय ४८ मतसहित अग्रस्थानमा छन भने उनलाई नेपाली काँग्रेसका राजुराज जोशीले एक हजार ४ सय २४ मतले पछ्याइरहेका छन ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले ९५५ मत र साझा पार्टीका किशोर थापाले ६४१ मत प्राप्त गरेका छन ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले एक हजार ५५४, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले एक हजार २५८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।