१८ मंसिर, काठमाडौं । काठमाडौँ जेसिजको ४८ औं अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । संस्थाको सन् १९७० मा स्थापित काठमाडौँ जेसिजको ३५ औं शाखा अधिबेसन तथा ४७ औं बार्षिक साधारण सभाबाट जेसीआई सेनेटर ईनु थापा सर्बसम्मत रुपमा निर्बाचित भएकी हुन् ।

काठमाडौं जेसिजमा थापाको नेतृत्वको संचालक समितिमा तीन जना कार्यकारी उपाध्यक्ष विवश कर्माचार्य, भुवनकुमार श्रेष्ठ र मुकुन्द दाहाल, महासचिबमा कैलाश श्रेष्ठ, कोषाध्यक्षमा अनुप सुनुवार, सह सचिवमा रफी भण्डारी, सहकोषाध्यक्षमा प्रनिल थापा तथा ६ जना उपाध्यक्षमा एन्जिला खड्का, रोजी अधिकारी, शोभा बस्नेत सिंह, होमराज श्रेष्ठ, प्रकाश श्रेष्ठ, रबिन कुमार महर्जन सर्बसम्मत निर्बाचित भएको निर्बाचन अधिकृत गणेश पौडेलले जानकारी दिए ।

सकारात्मक परिबर्तनका लागि मैत्री भाव, सामाजिक दायीत्व र नेतृत्व क्षमता बिकासका लागि १८ देखि ४० बर्षका युवालाई अवसर प्रदान गर्ने जेसिजले ४ अवसर क्षेत्र (व्यक्तिगत अवशर , सामुदायीक अवसर ,अन्तराष्ट्रिय अवसर तथा ब्यबसायिक अवसर) मा कार्य गर्ने गरेको छ । काठमाडौँ जेसिजको विधान अनुसार जनवरी महिनाको पहिलो साताभित्र हुने पदस्थापन समारोहमा कानुनी सल्लाहकार नियुक्त भएपछि संचालक समीतिले पूर्णता पाउने जानकारी अध्यक्ष थापाले दिइन् ।