१२ जेठ, काठमाडौँ ।

काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा (एमाले)का धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र मानन्धरले एक हजार ९३६ मत ल्याए । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।

महिला सदस्यमा तारादेवी मानन्धर दुई हजार ९९७ मत, दलित महिला सदस्यमा मैया देउला दुई हजार ८८५, खुल्ला सदस्यतर्फ रामबाबु कोइरालाले दुई हजार ४१२ र सुन्दरराज वैद्यले दुई हजार ७१९ मत ल्याई विजयी भएका छन् ।

हालसम्ममा २५ वटा वडाको मत परिणाम सार्वजनिक भएकोमा १४ वटा वडामा एमाले र ११ वटामा काँग्रेस विजयी भएको छ । रासस