४ जेठ, काठमाडौं |
काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएका छन् । चार हजार ६ सय ९८ मतसहित बस्नेत मेयरमा निर्वाचित भएका हुन् । मेयरमा एमालेका शशि शर्मा अर्यालले चार हजार २ सय ६८ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसकै वसन्ती तामाङ महर्जन चार हजार सात सय ४९ मतसहित विजयी भएकी छिन् । एमालेका मीरा आचार्य महर्जनले चार हजार तीन सय ३० मत ल्याइन ।