१२ जेठ, काठमाडौं। काठमाडौँको दुई फरकफरक स्थानमा आज विस्फोट भएको छ । यहाँको सुकेधारा ढलानेपुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

“विस्फोट भएको हो, के विस्फोट भनेर यकिन भएको छैन, तर केही हताहती भएको खबर आएको छ, अनुसन्धान गर्दैछौँ”, थापाले राससलाई भन्नुभयो । थप विवरण आउन बाँकी छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । सुकेधारमा भने सिलिण्डर पड्किएको जानकारी आए पनि बम हो या होइन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रासस
–––