९ असार, धादिङ ।

धादिङको हुदीखोलामा ट्रक खस्दा ३ जनाकोे मृत्यु भएको छ । काठमाडौंबाट मुग्लीङ जाँदै गरेको ना ६ ख ३१२३ नम्बरको ट्रक दुुर्घटना भएको हो ।

ट्रक धादिङको रोराङ गाउपालीकाको जोगिमारा हुदीखोलामा खसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बारा गढीमाई २ बस्ने नरबहादुर खत्री,नेवाकोट महादेव स्थान बस्ने सञ्जुराई र पर्साको थोरी बस्ने जिवन लामा रहेको प्रहरीले बताएको छ ।