५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेका प्रमुख पदका उमेद्बार विद्या सुन्दर शाक्यले झण्डै ४ हजार मतको अग्रता बनाएका छन् ।

ताजा परिणाम अनुसार शाक्यले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन् भने काँग्रेसका राजुराज जोशीले ८ हजार ५ सय ८७ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ५ हजार ८ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले ३ हजार ८ सय ६९ मत ल्याएका छन् ।

उपप्रमुख पदमा काँग्रेसका हरिप्रभा खड्गी ११ हजार ४ सय ६ मतसहित अग्रस्थानमा छिन् भने दोस्रो स्थानमा रहेका राप्रपाका राजाराम श्रेष्ठले ६ हजार ६ सय ४० मत प्राप्त गरेका छन् । अहिलेसम्म ३७ हजार ६ सय ९८ मत गणना गरिएको छ ।