६ जेठ, काठमाडौं।

काठमाडौं महानगरपालिकाको ताजा मत परिणाम आएको छ।

एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै छ।

उनले आज बिहानको ताजा परिणाम अनुसार १३ हजार ५ सय ५३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ९ हजार ४ सय ४९ मत प्राप्त गरेका छन्।

त्यस्तै विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ५ हजार ५ सय ७ मत ल्याएकी छिन्। साझा पार्टीका किशोर थापाको मत ४ हजार २ सय ८ छ।