५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेका प्रमुख पदका उमेद्बार विद्या सुन्दर शाक्यले झण्डै ४ हजार मतको अग्रता बनाएका छन् ।

ताजा परिणाम अनुसार शाक्यले ११ हजार ८ सय ३ मत प्राप्त गरेका छन् भने काँग्रेसका राजुराज जोशीले ७ हजार ९ सय ६६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ४ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले ३ हजार ५ सय ८८ मत ल्याएका छन् ।

उपप्रमुख पदमा काँग्रेसका हरिप्रभा खड्गी १० हजार ५ सय ३७ मतसहित अग्रस्थानमा छिन् भने दोस्रो स्थानमा रहेका राप्रपाका राजाराम श्रेष्ठले ६ हजार ३ सय ९१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३५ हजार ५ सय ४ मत गणना गरिएको छ ।