६ जेठ, काठमाडौं ।
बहुप्रतिक्षित काठमाडौं महानगरपालिकामा एमालेले कांग्रेसमाथि ५ हजारको अग्रता लिएको छ ।

जारी मतगणनाको पछिल्लो अपडेट अनुसार एमालेका विद्यासुन्दर शाक्यले १५ हजार ५५ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले १० हजार तीन सय ७३ मत प्राप्त गरेका छन् ।

विवेकशीलको रन्जु दर्शनाले ६ हजार ४७, साझा पार्टीले चार हजार ५ सय ५१ र माओवादी केन्द्रले एक हजार सात सय ३७ मत प्राप्त गरेका छन् ।