२२ पुस, काठमाडौं।

संसदमा दर्ता भएको संविधान संसोधनसम्बन्धी प्रस्ताव राष्ट्रघाती भएको भन्दै प्रमुख विपक्षी दल एमालेसहितका ९ दलले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।

फाइल तस्बिर

फाइल तस्बिर

९ दलले काठमाडौंका ४० ठाउँबाट जुलुस निकाल्दै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुँदैछ । नौ दलले आफ्नो सभामा एक लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन् । नौ दलका २०१ सांसद प्रत्येकले ५ सय जना उतार्नुपर्ने भएको छ ।

यो पढ्नुस्: राष्ट्रपतिको अगाडि प्रचण्ड र ओलीको कलह

यसमा हिसाब गर्दा एक लाख पाँच हजार हुन आउँछन् । यसमा ९० हजार एमालेको भागमा ९० हजार पर्ने माले नेता एवं आन्दोलन परिचालन समिति सदस्य अइन्द्रसुन्दर नेम्वाङले जानकारी दिए ।

राजधानीका विभिन्न ठाउँबाट नौ दलले निकाल्ने जुलुस साढे दुई बजे प्रदर्शनीमार्ग पुगेपछि सभामा परिणत हुने र नौ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी नेम्वाङले दिए ।

देश नै नरहने बेला कष्ट सहनुपर्छ

राजधानीका विभिन्न ठाउँबाट निस्कने जुलुसका कारण सर्वसाधारणलाई हिड्न गाह्रो पर्ने भए पनि प्रतिपक्षी दलले देश नै नरहने जस्ता विषय अघि बढ्दा खबरदारी गर्न गरिएको प्रदर्शनमा जनताले केही सहनुपर्ने बताएका छन् । ‘जनप्रदर्शमा अलि अलि पीरमर्का हुन्छ देश नै नरहने भन्ने प्रश्न उठेको बेला खबरदारीको लागि गरिने कार्यक्रममले केही कष्ट दिए पनि जनताले सहनुपर्छ’ नेम्वाङले भन्छन् ।

साढे एक बजे राजधानीका विभिन्न ठाउँबाट जुलुस निस्कने भनिए पनि बिहानैदेखि झण्डासहितका नेता कार्यकर्ता सडकमा देखिन थालिसकेका छन् ।

यो पढ्नुस्।

ओलीको प्रश्न –विहे गरेको १२ घण्टामै मन्त्री ?