१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता कायम गरेको छ । १ सय ३० मत गणना हुँदा एमालेका उमेद्बार विद्यासुन्दर शाक्यले ३५ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका साझा पार्टीका किशोर थापाले २६ मत ल्याएका छन् । उनीपछि रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाको २५ मत छ ।

चौथो स्थानमा रहेका काँग्रेस उमेद्बार राजुराज जोशीले २३ मत ल्याएका छन् । प्रमुख पदमा १४ मत बदर भएको छ । यस्तै उपप्रमुख पदमा भने नेपाली काँग्रेस अगाडि छ ।

काँग्रेस ४० मत सहित पहिलो, राप्रपा २३ मतसहित दोस्रो र साझा पार्टी १२ मतसहित तेस्रो स्थानमा छन् । काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल छ ।

उपप्रमुख पदमा २४ म तबदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना निकै सुस्त भइरहेको छ ।