१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ ।

यसअघि संचारकर्मीलाई १ लाख ७२ हजारको हारहारीमा मत खसेको जानकारी दिइएको थियो । त्यसै अनुसार आज विहानदेखि संचारमाध्यामले मतगणना अन्तिम चरणमा पुगेको बताए । जब १ लाख ७३ हजार मतको नतिजा दिँदै निर्वाचन कार्यालयले अझै मतगणना जारी रहेको बतायो तब उठ्यो प्रश्न कसरी ?

त्यसपछि निर्वाचन कार्यालय पनि अन्यौलमा पर्यो र भन्यो, कतै त्रुटी भएको होला १ लाख ९० हजारको हाराहारीमा मत खसेको छ । निर्वाचन कार्यालयले झण्डै २० हजार मत बढाएपछि काठमाडौं महानगरको नतिजा आउन अझै दुई दिन पूरा लाग्ने भएको छ । अझै ६ वटा वडाको मत गन्न बाँकी छ ।

प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस निश्चित

मतगणनाको उत्तराद्र्धमा आइपुग्दा काठमाडौं मानगरको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली काँग्रेसका उमेद्बारको जित पछिल्लो परिणाम अनुसार प्रमुखमा एमाले उमेद्बार विद्यासुन्दर शाक्यको जित पक्का भएको छ । १ लाख ७३ हजार ८ सय २ मतगणना सकिँदा शाक्यले ५७ हजार ८१ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका कांग्रेसका राजुराज जोशीले ४० हजार १० मत ल्याउनुभएको छ । विवेकशिल दलकी रञ्जु दर्शनाको २० हजार ८ सय, साझा पार्टिका किशोर थापाको १६ हजार १ सय ८ र माओवादी केन्द्रका सर्वोतममान डंगोलको ६ हजार ६ सय ४५ मत छ ।

उपप्रमुखमा भने काँग्रेसकी हरिप्रभा खड्गीले जित्ने पक्का भएको छ । खड्कीको ५२ हजार १ सय ५८ मत छ भने राप्रपाका राजाराम श्रेष्ठले ३० हजार ८ सय ८७ मत पाएका छन् ।