६ असोज, काठमाडौं। प्रहरी र गुण्डा नाइके रामेश्वर गौतमबीच काठमाडौंमा दोहोरो भिडन्त भएको छ।
गुण्डा नाईके मिलन चक्रेका दाहिने हात गौतमलाई पक्राउ गर्न गएको टोली उपर गोली चलाएपछि जवाफी कारबाही गरिएको अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले दाबी गरे।
काठमाडौैको पेप्सीकोलास्थित मनहरा खोलाको पुलमा साँझ साँढे ७ बजे प्रहरीले गोली चलाएको थियो। प्रहरीले उनीमाथि तीन राउन्ड गोली चलाएको थियो। तर,  एक गोलीमात्र लागेको थियो।
गौतमलाई दाहिने गोडामा गोली लागेको छ।