काठमाडौं, २६ जेठ । काठमाडौं उपत्यकासहित मध्य भूभागका धेरै स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार साँझ विकसित प्रणालीका कारण हावाहुरी आउने संभावना भएकाले शतर्क रहन आग्रह गरेको छ । काठमाडौं उपत्यकाको मौसम अपरान्ह देखि नै धुम्मिएको छ ।

यसअघि आइतबार दिउँसो, कास्की, नवलपरासी, स्याङ्जा, पाल्पा, रुपन्देही लगायत आसपासका जिल्लामा मेघगर्जनसहित पानी पर्नुका साथै हावाहुरीको संभावना रहेको बताइएको थियो । नेपालमा प्रायः जुन १० देखि मनशुन सुरु हुने गर्दछ । अहिले प्रि मनसुनको समय चलिरहेकाले देशका विभिन्न भुभागमा हावाहुरी र मेघगर्जनसहित वर्षा भइरहेको छ ।