१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । ताजा परिणाम अनुसार नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ ।

प्रमुख पदका एमाले उमेद्बार विद्यासुन्दर शाक्यले ४६ हजार ८ सय २१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका काँग्रेस उमेद्बार राजुराज जोशीले ३२ हजार ९ सय १४ मत ल्याएका छन् ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १७ हजार ३४, साझा पार्टीका किशोर थापाको १३ हजार ३५ र माओवादी केन्द्रका सर्वोत्तममान डंगोलको ५ हजार १ सय ६७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा काँग्रेस उमेद्बार हरिप्रभा खड्गीले ४२ हजार ७ सय २७ मतसहित अग्रता कायम राखेका छन् ।

राप्रपाका राजाराम श्रेष्ठले २५ हजार ३ सय ९७, साझा पार्टीकी निरुपमा यादवले ८ हजार ३ सय ९५ र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ९ सय ९१ मत ल्याएका छन् । अहिलेसम्म १ लाख ४१ हजार ३ सय ४१ मत गणना भइसकेको छ । काठमाडौंमा १ लाख ७२ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।