५ जेठ, काठमाडौं । एक लाख ९० हजार मत खसेको काठमाडौं महानगरपालिकामा अहिलेसम्म ३२ हजार मात्रै मत गणना भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेकपा एमालेको अग्रता यथावत छ । ताजा परिणाम अनुसार एमालेका उमेद्बार विद्यासुन्दर शाक्यले १० हजार ८ सय ९० मत प्राप्त गरेका छन् ।

काँग्रेस उमेद्बार राजुराज जोशीले ७ हजार ३ सय ९९ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाको ४ हजार १ सय ४१ मत छ ।

साझा पार्टीका किशोर थापाले ३ हजार ३ सय ५४ र माओवादी केन्द्रका सर्वाेत्तममान डंगोलले १ हजार १ सय ९१ मत ल्याएका छन् । उपप्रमुख पदमा काँग्रेसले ९ हजार ७ सय ७५, राप्रपाले ५ हजार ८ सय ३४, साझा पार्टीले २ हजार ३६ र माओवादी केन्द्रले १ हजार ६ सय २ मत ल्याएका छन् ।

अहिलेसम्म ३ हजार २ सय १६ मत गणना हुँदा ५ सय १ म तबदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।