४ मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कबाटै प्रहरीले ३ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।

रत्नपार्कको आकाशे पुलबाट काठमाण्डौंकै २४ वर्षीय मोहन महर्जन र २२ वर्षीय आयुष बज्राचार्य पक्राउ परेका हुन् । उनीहरु दुबैलाई बेलुकी ५ बजेतीर पक्रेको प्रहरी बृत्त दरवारमार्गका ईन्चार्ज प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुलाई सुनसहीत पक्राउ गरिएको उनले बताए । पक्राउ परेका महर्जन र बज्राचार्यले भने काठमाण्डौंकै सिटी सेन्टरबाट सुन लगिएको बताएका डिएसपी भारतीले बताए ।

प्रहरीले उनीहरुलाई दरबारमार्ग प्रहरी बृत्तमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।