१ जेठ, काठमााडौं ।

देशक सबैभन्दा पुरानो र धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा झण्डै एक घण्टा अघिदेखि मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच तिब्र प्रतिष्प्रधा हुने देखिएको छ ।

अहिलेसम्म कांग्रेसका उम्मेदवार राजुराज जोशीले १४ र एमालेका विद्यासुन्दर शाक्यले १३ मत पाएका मतगणनामा रहेका एक प्रतिनिधिले जानकारी दिएका छन् । निर्वाचन समितिले भने मतपरिणामको औपचारिक घोषणा गरेको छैन ।