२ जेठ, काठमाडौं ।

अति सुस्त गतीमा मतगणना भएको भनेर आलोचना भएपछि काठमाडौं महानगरपालिकामा दुई ठाउँबाट मतगणना शुरु गरिएको छ । अहिले वडा नम्बर १ र ३१ बाट गणना शुरु गरिएको निर्वाचन अधिकारीले जनाएका छन् ।

हिजोदेखि शुरु भएको काठमाडौंमा अहिलेसम्म ७ सय ११ मत मात्र गणना भएको छ । ७ सय ११ मत एमालेका विद्यासुन्दर शाक्य २०३ मत सहित अग्रस्थानमा छन् भने साझा पार्टीका उम्मेदवार किसोर थापाले १३३ र कांग्रेसका राजुराज जोशीले १२८ तथा विकेकशिल पार्टीकी रञ्जु दर्शनाले १०२ मत पाएकी छन् ।