५ जेठ, काठमाडौं ।

काठमाडौं महानगरमा नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवारले कांग्रेस उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन् । एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीलाई ३६०५ मतले पछि पार्न सफल भएका छन् ।

अहिलेसम्म शाक्यले १११५९ मत प्राप्त गर्दा जोशीले ७५५४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा भने कांग्रेस उम्मेदवार अघि छन् । कांग्रेस उम्मेदवारले राप्रपाका उम्मेदवारलाई ३५८५ मतले पछि पारेकी छन् ।

कांग्रेसकी उम्म्दवार हरीप्रभा खड्गीले ९५६५ मत प्राप्त गर्दा राप्रपा र एमालेका संयुक्त उम्मेदवार राजाराम श्रेष्ठले ५९८० मत मात्र पाएका छन् ।