४ जेठ, जुम्ला ।

चन्दननाथ नगरपालिका जुम्लामा विजयी भएकी कान्तिका सेजुवाल नेपालकै पहिलो महिला नगर प्रमुख बनेकी छिन् । लगातार चार दिनसम्म भएको चन्दननाथ नगरपालिकाको मतगणनाको अन्तिम मतपरिणामबाट सेजुवाल प्रमुखमा भारी मतले विजय भएकी हुन ।

उनि खसेको सात हजार ५१३ मतमध्ये दुई हजार ८०६ मत ल्याएर विजयी भएकी मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्तिलाल महतले दुई हजार ६६ मत ल्याएको  मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।

त्यसैगरी, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अप्सरादेवी न्यौपाने महतले दुई हजार १८ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका जगतबहादुर खत्रीले एक हजार ७७४ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का प्रमुखका उम्मेदवार अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेका थिए । नेकपा (एमाले)बाट उपप्रमुखको उम्मेदवारी दिएकी मेनका रेग्मी चौलागाईंले एक हजार ७१० मत प्राप्त गरेकी छिन् । रासस