७ चैत, काठमाडौं ।

निर्वाचन आयोगको कार्यालय घेर्न पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पूर्व अध्यक्ष पशुपति शमसेर राणा सहित दर्जनौं कार्यकर्ता घाइते भएको छ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रहरीले १९ राउड हवाई फायर गरेको छ ।

अश्रुग्यास र प्रहरीको लाठि लागेर पूर्व अध्यक्ष राणा सहित पार्टी प्रवक्ता रोशन कार्की, नेताहरु राजाराम बर्तौला, सइन्द्रा बान्तवा लगायत दर्जनौं घाइते भएका राप्रपाले जनाएको छ ।

निर्वाचन आयोगले हिन्दुराष्ट्र र राजतन्त्र संविधान विपरित भएको भन्दै विधानबाट हटाईदिएपछि सत्तारुढ राप्रपा आन्दोलित भएको हो ।

पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा पनि निर्वाचन आयोगको कार्यालयमा धर्नामा सहभागि भएका छन् ।

यो पढ्नुस्।

राप्रपा आन्दोलनका ५ फरक दृश्य, हेर्नुस् तस्बिरमा

निर्वाचनमा जान प्रचण्डसँग मोर्चाले राख्यो ३ सर्त