९ जेठ, काठमाडौँ । फ्रान्समा भइरहेको ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘पाहुना’को पोस्टर सार्वजनिक  गरिएको छ । बलिउड अभिनेत्री प्रियंका चोपडाले निमार्ण गरेको  फिल्म ‘पाहुना’को पोष्टर सार्वजनिक भएको हो ।

प्रियंकाको ‘पर्पल प्रोडक्सन’ले फिल्मको निर्माण गर्न लागेको छ । माओवादी द्धन्द्ध कालमा द्धन्द्धका कारण विस्थापित भई नेपालबाट सिक्किम पुगेका मानिसका कथालाई फिल्ममा समेटिएको छ । फिल्ममा सिक्किमका कलाकारले काम गरेका छन् । यस फिल्मलाई महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गर्नेछिन् ।