५ जेठ, काभ्रे ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा टोकबहादुर वाइवा र उपप्रमुखमा निर्मला शाही विजयी भएका हुन् ।

वाइवाले ४६४६ मत ल्याई कांग्रेसका उम्मेदवार अच्युतप्रसाद पौडेललाई पराजित गरे भने शाहीले ७५०१ मत ल्याई कांग्रेसकै उम्मेदवार राधिका ढकाललाई पराजित गरेका हुन् ।